कार्यालय सहयोगीमाथि कुटपिट प्रकरणमा मेयरविरुद्ध पक्राउ पुर्जी, १ जना पक्राउ

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरणमा मेयरविरुद्ध पक्राउ पुर्जी, १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।

नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।

प्राप्त जानकारी अनुसार गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।

घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

उनका अनुसार पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।