काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार ठाकुरलाई मतदान गर्न निर्णय गरेको हो ।
उपसभामुख पदको निर्वाचन शुक्रबार नै हुँदैछ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। रास्वपाले ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेपछि उनको जित निश्चित छ।
यसैबीच उपसभामुखको शपथग्रहण कार्यक्रम शुक्रबार नै हुने भएको छ । सपथ साँझ ६ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जानकारी दिएको छ ।




प्रतिक्रिया