काठमाण्डु– कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा छुटेका छन् । उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको हो ।
अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि पक्राउ परेका बलेलाई परिवारको जिम्मा लगाइएको काठमाण्डु जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।
ती युवतीले बलेविरुद्ध अमेरिकामा मुद्दा दायर गरेकी छन् ।




प्रतिक्रिया