अध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीका लागि नेपालीलाई अतिरिक्त कागज चाँहिदैन (पत्रसहित)

अध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीका लागि नेपालीलाई अतिरिक्त कागज चाँहिदैन (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने अध्यागमन विभागले स्पष्ट पारेको छ ।

पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनापछि श्रमिकहरूबीच उत्पन्न भ्रम हटाउन विभागले यस्तो स्पष्टीकरण सार्वजनिक गरेको हो ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने श्रमिकहरूले अनावश्यक रूपमा विल, रसिद वा अन्य थप कागजात बोक्नु नपर्ने विभागले स्पष्ट पारेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृति, राहदानी जस्ता आधारभूत कागजात भए पुग्ने जनाइएको छ ।

यस्तै, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका हकमा पनि प्रक्रिया सहज बनाइएको छ ।

कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने विभागले जनाएको छ । गृह मन्त्रालयको पूर्व निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार यो व्यवस्था लागू गरिएको जनाउँदै विभागले यात्रुहरूलाई भ्रममा नपर्न र आफ्नो यात्रा सम्बन्धी जानकारी पूर्ण रूपमा बुझेर ढुक्कसँग विदेश जान आग्रह गरेको छ ।