सर्लाही – सर्लाहीमा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहित १ ट्रयाक्टर सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको विष्णु गाउँपालिका–२ नदियापकडीस्थित बीओपी बाराबाट सशस्त्र प्रहरी नायव निरीक्षक टकबहादुर थापाको कमान्डमा खटिएको ५ जनाको टोलीले मंगलबार राति ८ बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा काठ बरामद गरेको हो ।
प्रहरीका अनुसार ज१त २९४९ नम्बरको ट्रयाक्टरमा गोडैतबाट फुल परासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ नियन्त्रणमा लिइएको छ । बरामद काठको मूल्य ६८ हजार ३३० रुपैयाँ रहेको छ भने ट्रयाक्टरको मूल्य १० लाख रुपैयाँ आकलन गरिएको छ ।
बरामद काठ र ट्रयाक्टरसहित कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको काठ तथा ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया