स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ घर भएका २३ वर्षीय कृष्णकुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म प्र ०३–०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ८ लाख नगदसहित फेला पारी पक्राउ गरेको हो ।

बरामद रकम सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।