काठमाण्डु – गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछाने सहितको टोलीले नवलपुरमा स्वागत गरेको छ ।
भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् ।
नवलपुरका सांसद राजन गौतम सहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ ।
स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा त्यसको प्रभावले वन्यजन्तुहरू प्रभावित भएका छन् । सोही पानी सेवनका कारण कैयौ जनावरहरू मृत भेटिएको गुनासो गरिएको छ ।
दूषित पानीको समस्याबारे जानकारी लिएपछि गृहमन्त्री गुरुङले प्रभावित औद्योगिक क्षेत्रको अवलोकन समेत गरेका थिए ।




प्रतिक्रिया