जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै प्रहरीले सुर्खेत र म्याग्दीबाट ११ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २७ वर्षीय शिशिर केसी समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७९० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–६ डम्बरा बस्ने ५५ वर्षीय तेजबहादुर खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेजबहादुर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३८ हजार २८५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । 

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।