महत्वकांक्षाले निराशा, रिस र आक्रोश बढ्छ

महत्वकांक्षाले निराशा, रिस र आक्रोश बढ्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पछिलो समय विभिन्न खालका अपराधिक घटनाहरू घट्नेक्रम बढेको छ । यस्ता घटनाले विकृतिहरू पनि बढेका छन् । रिस र आवेशमा सामान्य कुरालाई ठूलो बनाएर हत्यासम्म हुने गरेका घट्नालाई मनोरोगसँग जोडिने गरेका छन् । साथै मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग पनि सम्बन्धित हुने गरेका छन् ।

युवापुस्तामा चिन्ता (एनजाइटी), डर–त्रास, डिप्रेसन तथा लागूपदार्थ र जाँडरक्सीको कुलत जस्ता समस्या व्यापक बन्दै गएको छ ।

सामाजिक सञ्जाल र अनलाइन गेमप्रतिको लतले युवाहरु डिप्रेसन जाने गरेका छन् । पछिलो समय सामाजिक संजाल, अनलाइन गेमको लत जस्ता समस्याहरूले किशोर किशोरीहरूको मस्तिष्कमा अपराधिक सोच बढेको छ ।

मानिसहरुमा एनजाइटीब, डर–चिन्ता, डिप्रेसन, लागूपदार्थ सेवन, जाँडरक्सीको कुलत बढेको छ । डिप्रेसनमा जाने, निरास हुनेक्रम पनि बढ्दो छ । पछिल्लो समय मानिसमा सामाजिक संजाल, अनलाइन गेमको लत जस्ता समस्याहरू बढेका छन् ।

मानिसमा निराशा, आक्रोश बढ्नुको मुख्य कारण डिप्रेसन, एनजाइटीब, तनाव, लागूपदार्थ सेवन, सोसल मिडिया र अनलाइन गेमको कारणले हो । साथै अनिन्द्रा र खानपानको कारणले गर्दा पनि मानिसहरू रिसाउने गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आपराधिक क्रियाकलाप, उत्तेजनाको काम र राज्यको संरचनामा क्षति पुर्‍याउने कामहरू भनेको आक्रोश हो । लामो समयदेखि युवापुस्तामा आक्रोश, निराशा र कुन्ठा दबेर बसेकाले राजनीतिक रूपमा विस्फोट भएको हो ।
जेनजी आन्दोलनको आक्रोश सामाजिक, आर्थिक, बिभेद र बेरोजगारी जस्ता धेरै कुराहरु जोडिएको हो ।

जेनजी आन्दोलनको आक्रोश सामाजिक, आर्थिक, विभेद र बेरोजगारी जस्ता धेरै कुराहरु जोडिएको थिए । यसलाई मानिसहरूले राजनीतिक रूपमा अभिव्यक्त गरेका हुन् । देश बिग्रेको राजनीतिले नै गर्दा हो भन्ने सोच थियो । तर सबै कुरा राजनीतिक मात्र होइन समाज, शिक्षा, बुझाइ र चेतनास्तर जस्ता कुराले प्रभाव पार्दछ ।

लामो समयदेखि युवा पुस्ताहरुमा आक्रोश, निराशा, कुन्ठा दबेर बसेको हामीले देख्यौं । त्यो राजनीतिक रूपमा विस्फोट भयो । कुनै न कुनै रूपमा विस्फोट हुने नै थियो । तर त्यो राजनीतिक रूपमा विस्फोट भयो । त्यसैले राजनीतिक रूपमा परिवर्तन भयो । तर त्यो आक्रोशको आन्दोलन थियो ।

समाजमा आर्थिक, सामाजिक समस्या, विभेद, बेरोजगारी, मानसिक स्वास्थ्य समस्याहरू अझै समाधान हुन सकेको छैन । युवाहरूमा नीति र अनुशासन नहुनु, कुलतमा फस्नेक्रम बढेको देखिन्छ । यसको परिणामहरू पछिलो हत्या र हिंसाका घटनाहरू बढ्दै गएको छ ।

समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, वेरोजगारी साथै विभेद विभिन्न खालका हुनसक्ने भएकाले त्यसविरुद्ध आक्रोश पैदा हुने गरेको र आन्दोलनको रुप लिने गरिएको हो ।

पछिलो समय महत्वकांक्षा बढ्दै गएको तर महत्वकांक्षा पूरा गर्न नसक्नु, बेरोजगारसँगै समाज देखावटी हँुदै जानुले मानिसमा निराशा, रिस, आक्रोश बढेर गएको छ ।

तर मानसिक रोग भने विभिन्न कारणले हुन्छ । सामाजिक विभेद, राजनीतिक अस्थिरता, बेरोजगारी, सामाजिक सञ्जालको प्रयोग साथै विदेशिनुका कारण पनि मानसिक समस्या आएको हुनसक्छ । कतिपय चाहीं आफ्नै जीवन शैलीका कारण, आवश्यकता, शिक्षा, स्वास्थ्य जस्ता कारणले मानसिक समस्या हुने गर्दछ ।

मानसिक रोगलाई पनि शारीरिक रोग जस्तै सामान्य रुपमा लिनुपर्छ । अन्धविश्वासलाई हटाउने र शिक्षा, चेतना विस्तार गर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

‘राज्यले पनि यस क्षेत्रमा लगानी गरेर जनचेतना बढाउनुपर्छ । यसबाट मानसिक रोगलाई रोकथाम गर्न सकिन्छ ।