काठमाण्डु– अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति नियुक्त भएकी छन्। लेफ्टिनेन्ट जर्नेल सुसान कोयल सेनापति नियुक्त भएकी हुन्।
सेनाको १२५ वर्षे इतिहासमा अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति बनेकी हुन् ।
उनले ३० वर्ष सेनामा बिताइसकेकी छन्। कोयलले आगामी जुलाईदेखि अस्ट्रेलियाको सेना प्रमुखको जिम्मेवारी सम्हाल्नेछिन्।
५५ वर्षीया कोयल १९८७ देखि सेनामा कार्यरत छिन् भने यसबिच उनले धेरैवटा वरिष्ठ पद सम्हालिसकेकी छन्। हालैका वर्षमा सेनाभित्र यौन उत्पीडन र भेदभावको आरोप लागेका बेला यो निर्णयलाई महत्त्वपूर्ण मानिएको छ।




प्रतिक्रिया