भृकुटीमण्डपका २० संस्थाको कार्यालयमा तालाबन्दी

भृकुटीमण्डपका २० संस्थाको कार्यालयमा तालाबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाण्डुको भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको काठमाण्डु उपत्यका सार्वजनिक पुस्तकालय समाज रहेको छ । यो संस्थाले २ वटा स्टल बापत परिषद्लाई २ करोड ८९ लाख रुपैयाँ भाडा तिर्न बाँकी छ । राष्ट्रिय अपाङ्ग महासंघले १ करोड १६ लाख तिर्न बाँकी रहेको छ ।

यस्तै ऋषि धमला सञ्चालक रहेको रिपोर्टस क्लब नेपालले ७३ लाख ४० हजार तिर्न बाँकी रहेको छ ।