डाबर रेड टुथपेस्ट ‘कमेडी दरबार सेसन–३’सँग आबद्ध

डाबर रेड टुथपेस्ट ‘कमेडी दरबार सेसन–३’सँग आबद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डाबर नेपालले प्रमुख ब्रान्ड डाबर रेड टुथपेस्टमार्फत कमेडी दरबार सेसन–३ को शीर्ष प्रायोजनका साथै डाबर नेपालको नयाँ पेय ब्रान्ड ‘हजमोला जिरा’ले पनि सपोर्ट गरेको औपचारिक घोषणा गरेको छ ।

सिजन वैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे प्राइम टेलिभिजनमा प्रसारण हुनेछ ।

भव्य नयाँ सेट र अझ विस्तारित मनोरञ्जनात्मक ढाँचासहित फर्किएको कमेडी दरबार सिजन–३ ले अझ उत्कृष्ट हास्य, नयाँ प्रस्तुति तथा परिवारका सबै सदस्यले रमाइलो गर्न मिल्ने मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सिजनलाई अझ आकर्षक दृश्य अनुभव र बलियो हास्य प्रधान प्रस्तुतिका साथ तयार गरिएको छ, जसले यसलाई वर्षकै सबैभन्दा प्रतिक्षित कमेडी कार्यक्रममध्ये एक बनाएको छ ।

कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल महाराजाको भूमिकामा देखिनेछन् भने वरिष्ठ अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा रहनेछिन् । अभिनेत्री दिया मास्केलाई रानीको रूपमा प्रस्तुत गरिएको छ, जसले शाही कमेडी दरबारको अवधारणामा नयाँ आयाम थप्नेछ ।

यस साझेदारीमार्फत नेपालको नम्बर १ टुथपेस्ट ब्रान्ड डाबर रेड टुथपेस्टले परिवारमुखी दर्शकहरूसँग अझ गहिरो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । साझेदारीले प्रिमियम तथा सांस्कृतिक रूपमा सान्दर्भिक सामग्रीमार्फत उपभोक्तासँग जोडिने डाबर नेपालको प्रतिबद्धतालाई झल्काएको जनाइएको छ ।