काठमाण्डु – बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र विनाको करीब ८६ लाख ३२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका किराना सामानसहित सशस्त्र प्रहरीले सोमबार एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
ना३ख ५१४० नम्बरको गाडीमा राखी बाह्रविसेबाट खाडीचौरतर्फ ल्याउँदै गरेको सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लामोसाँघु बलेफिबाट खटिएको सशस्त्र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८ बाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सामानहरूमा चाइनिज दाल, बदाम, खुर्सानी, अचार, चामल, तेल लगायतका १२३ किसिमका रहेका छन् ।
बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको छ ।




प्रतिक्रिया