नयाँ वर्षको शुभकामना दिदैं प्रधानमन्त्री शाहले भने- सबैको दुःख हरण होस्, कल्याण होस्

नयाँ वर्षको शुभकामना दिदैं प्रधानमन्त्री शाहले भने- सबैको दुःख हरण होस्, कल्याण होस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका हुन् । साथै शाहले दुःख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना समेत गरेका छन् ।

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्,’ उनले सन्देशमा भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् । नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’