राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् ।

वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका हुन् ।

महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नेछन् ।

टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडान मार्फत बिहान ७ बजे इस्तानबुल प्रस्थान गरेका हुन् ।

साथै, विभिन्न संसदका प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।