सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिन रास्वपा नेतृत्व सकारात्मक

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिन रास्वपा नेतृत्व सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको प्रभावशाली मानिने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सकारात्मक भएको छ ।

रास्वपा उच्च स्रोतका अनुसार लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने विगतकै परम्परालाई निरन्तरता दिने तयारी भएको छ ।

प्रतिनिधि सभामा कांग्रेस दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी हो । कतिपयले लेखा समितिको सभापति राप्रपा वा श्रम संस्कृति पार्टीलाई दिने कि भन्ने चर्चा गरिरहेका बेला रास्वपा नेतृत्व विगतकै परम्परालाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ ।