काठमाण्डु– संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दल कार्यालयमा विपक्षी दलहरूको छलफलसुरु भएको हो ।
संसदीय समिति सभापति पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ। उम्मेदवारी दर्ता गर्नुअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस कार्यालयमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत सहभागी भएका छन् ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।




प्रतिक्रिया