रास्वपाले क–कसलाई बनायो संसदीय समिति सभापतिकाे उम्मेदवार ? (सूची)

रास्वपाले क–कसलाई बनायो संसदीय समिति सभापतिकाे उम्मेदवार ? (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको उम्मेदवारको टुंङ्गो लाएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो।

रास्वपाले सार्वजनिक लेखा समितिमा पनि उम्मेदवारी दिने भएको छ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

आजको बैठकमा संसदीय समितिका सभापतिहरू चयन गर्ने कार्यसूची छ। सभापति चयनका लागि भोलि शुक्रबार निर्वाचन हुने छ ।

यस्तो छ उम्मेदवारको सूची :

-कानून, न्याय तथा मानवअधिकार समिति : समीक्षा बाँस्कोटा
-राज्य व्यवस्था तथा सुशासन समिति : हरि ढकाल
-कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति :अशोककुमार चौधरी
-उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रहवर अन्सारी
-सार्वजनिक लेखा समिति : प्रतिपक्ष दललाई
-शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति : डा. ओजस्वी शेरचन
-अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्निमा उदास
-अर्थ समिति : कृष्णहरी बुढाथोकी
-पूर्वाधार विकास समिति : आशिष गजुरेल
-महिला तथा सामाजिक मामिला समिति : आकृती अवस्थी
-संसदीय सुनुवाइ : बोधनारायण श्रेष्ठ