एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् ।

लामो समयदेखि विस्थापित भएका हजारौँ मानिसहरू आफ्नो घर फर्किन थालेका छन् भने सडकहरूमा उत्साह देखिएको छ । दक्षिणी लेबनानमा इजरायलले एक महिनाभन्दा बढी समयसम्म गरेको आक्रमणका कारण विस्थापित भएका नागरिकहरू सामूहिक रूपमा फर्किरहेका छन् ।

कतिपय मानिसले सडकमा नाचगान गर्दै युद्ध विरामको स्वागत गरेका छन् । अमेरिकी पहलमा भएको यो सम्झौता प्रारम्भिक रूपमा १० दिनका लागि लागू गरिएको हो, जसलाई आवश्यक परे थप विस्तार गर्न सकिने भनिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामलाई ऐतिहासिक शान्तिको अवसर भएको बताएका छन् । लेबनानका राष्ट्रपति जोसेफ खलील औनले पनि यसलाई सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । हिजबुल्लाहले युद्धविराम मान्ने सङ्केत गरे पनि लेबनानको सबै ठाउँमा आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने सर्त अघि सारेको छ ।

साथै, इजरायली सेना दक्षिणी लेबनानबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग पनि गरेको छ । इजरायलले भने दक्षिणी लेबनानमा १० किलोमिटर क्षेत्रलाई सुरक्षा क्षेत्रका रूपमा कायम राख्ने बताएको छ, यसले भविष्यमा फेरि तनाव बढ्न सक्ने सङ्केत कायमै छ ।

विश्लेषकहरूका अनुसार यो युद्धविराम कमजोर र अस्थायी हुन सक्ने अनुमान छ । मध्यपूर्वमा दीर्घकालीन शान्तिका लागि इरान, अमेरिका र अन्य क्षेत्रीय शक्तिबीचको समस्या समाधान हुनुपर्ने विश्लेषकहरूको भनाइ छ ।