सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित

सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्वाचित भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खड्काले समिति सभापतिमा निर्विरोध भएका हुन् । खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए ।

बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो ।

शुक्रबार बसेको समिति बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका सदस्य सांसद योगेश गौचन थकालीले जानकारी दिए ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सघाउने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको समितिमा बहुमत रहेको र विपक्षी दलहरूको समर्थन लेखा समिति सभापतिमा कांग्रेसलाई रहेकाले उनी निर्विरोध भएका हुन् । डोटीबाट प्रत्यक्ष निर्वाचित खड्का पुराना राजनीतिज्ञ हुन् ।