एजेन्सी– अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’ ले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो ।
उक्त समाचार अनुसार, अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको तीव्र सैन्य कारबाहीको तयारी गरिरहेका छन् । मध्यपूर्वमा रहेका अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः तिव्र पारिरहेका छन् भने बमवर्षक र लडाकु विमानहरू पनि सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएका छन् ।
इजरायलले पनि सम्भावित नयाँ आक्रमणका लागि योजना तयार पारेको र लक्ष्यहरू पहिचान गरिसकेको जर्नलले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम निर्णय गरि नसकेको जनाउँदै इरानका पूर्वाधार र आणविक केन्द्रहरूलाई लक्षित गरी ठूलो आक्रमण गर्ने योजना तर्फ अघि बढेको समाचारमा उल्लेख छ ।
यस अघि इरानसँग कुनै सम्झौता गर्ने प्रयास पनि गर्न सक्ने बताउँदै गत हप्ता ट्रम्पले अमेरिकाले फेरि अर्को बमबारी अभियान सुरु गर्न सक्ने वा इरान कुनै सम्झौताका लागि सहमत हुन सक्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचन अघि भने इरानमाथि आक्रमण नगर्ने बताएका छन् ।


प्रतिक्रिया