आर्मीले जित्यो पीएम कपको उपाधि

आर्मीले जित्यो पीएम कपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ।

शुक्रबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मीले उपाधि हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १६२ रनको सामान्य लक्ष्य आर्मीले ३४।२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। आर्मीका बसिर अहमद ४५ र इमरान शेख ४६ रनमा अविजित रहे।

बलिङतर्फ सूदुरपश्चिमका हेमन्त धामीले दुई तथा बिकास आग्री, शेर मल्ल र अशोक धामीले एक–एक विकेट लिए।

नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ३९।४ ओभरमा अलआउट हुँदै १६१ रन जोड्यो। अशोक धामीले ४३, किरण ठगुन्नाले ३५, नारायण जोशीले २९, तथा हेमन्त धामीले १६ रन जोड्दा सुरुवाती ब्याट्सम्यान फ्लप सावित भए।

ओपनर अभिषेक पलले ९, खडक बोहरा र नरेन भट्टले १–१ रन बनाउँदा राजु बोहरा र दीपक बोहराले ७–७ रनमात्रै जोडे।

बलिङतर्फ आर्मीका आकाश चन्द र शाहब आलमले तीन–तीन विकेट लिए भने बसिर अहमदले दुई तथा कुशल मल्लले एक विकेट लिए।