काठमाण्डु- लोकेश बमको अर्धशतकमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो ।
विराटनगरका लागि लोकेशले ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडे ।
यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रन जोडे भने शेहान जयसूर्या ११ रनमा आउट भए ।
कर्णालीका लागि सोमपाल कामीले ४, मार्क वाट्टले एक विकेट लिए ।


प्रतिक्रिया