काठमाण्डु– सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई अदालतको अवहेलनामा मुद्दामा वारिस राख्न अनुमति दिएको छ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शाहलाई वारिस राख्न अनुमति दिएको हो।
भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई नहटाएसम्म फिल्म चल्न नदिने भन्दै काठमाण्डु महानगरपालिकाले सबै फिल्म हलमा महानगर प्रहरी खटाएको थियो।
त्यसको विरोध गर्दै फिल्म हल सञ्चालकहरूको छाता संगठन चलचित्र सङ्घले उच्च अदालत, पाटनमा रिट हालेको थिए।
काठमाण्डु महानगरका तत्कालीन मेयर शाहले अदालतको आदेश नमान्ने बताएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
यस मुद्दामा शाहले वारिस राख्न अनुमति मागेका थिए। आज सर्वोच्चले वारेस राख्न अनुमति दिएको हो।




प्रतिक्रिया