काठमाण्डु– अनाधिकृत रुपमा रेशम चौधरीलाई जेल पठाउने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई ६ महिना कैद १० हजार रुपैयाँ जरिवाना भएको छ ।
जिल्ला अदालत काठमाण्डुका शाखा अधिकृत हेमन्त भट्टराईका अनुसार बिष्टविरुद्ध दायर भएको सरकारी कागजात किर्ते मुद्दामा बिहीबार न्यायाधीश खिमानन्द भुषालको इजलासले सजाय निर्धारण गरेको हो ।
यसअति गत चैत २२ गते त्यही इजलासले बिष्टलाई दोषी ठहर गरेको थियो ।
चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रमचन्द्र पौडेललेले टिकापुर घटनामा दिएको आममाफीविरुद्ध परेको रिटमा न्यायिक सुनुवाइबिनै उनले चौधरीलाई जेल पुर्याएका थिए ।
सर्वोच्चको लेटरहेडमा ‘चौधरीलाई जेल पठाउनू’ भन्ने अनाधिकृत पत्र उर्नैले तयार मात्र पारेका थिएनन्, उक्त पत्र जिल्ला प्रहरी परिसर काठमाण्डुमा आफैं गएर बुझाएका थिए ।
उक्त कुरा खुलेपछि लगत्तै चौधरी जेलमुक्त भएका थिए भने बिष्टलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो । प्रहरीले उनलाई पक्राउ गरेर सरकारी कागजात किर्तेमा अनुसन्धान गरेको थियो । चौधरीले पनि आफूलाई दुःख दिएको भन्दै अदालतमा विष्टविरुद्ध मुद्दा हालेका थिए।




प्रतिक्रिया