काठमाण्डु – उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य मूल्य घटाउन सरकारसँग माग गरेको छ ।
पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाउन सरकारसँग माग गरेको हो ।
पार्टीले नेपाल र भारतबीचको मूल्यअन्तर कम गर्न विशेष संयन्त्र बताइएको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन आग्रह गरेको छ ।
विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगमा विशेष सहुलियत दिई इन्धन निर्भरता गरिदिन सरकारलाई आग्रह गरेको छ ।
पार्टीले नेपाल आयल निगमको वास्तविक लागत र कर संरचनामा पूर्ण पारदर्शिता कायम गर्ने उल्लेख गरेको छ ।
पार्टीले नेपाल र भारतबीचको मूल्य अन्तरबारेपनि चिन्ता व्यक्त गरेको छ। भारतीय सीमावर्ती सहर रक्सौलको तुलनामा नेपालमा पेट्रोल ४८ रुपैयाँ र डिजेल ८८ रुपैयाँ महँगो भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ’यस्तो अस्वाभाविक मूल्यअन्तरले सीमा क्षेत्रमा चोरीपैठारी र अवैध कारोबारलाई प्रोत्साहन गर्ने जोखिम बढेको छ।’




प्रतिक्रिया