आईपीएल : हैदराबाद र दिल्ली विजयी, आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै

आईपीएल : हैदराबाद र दिल्ली विजयी, आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ ।

हैदराबादमा भएको खेलमा हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले १५ बलमा अर्ध शतक बनाउँदै ५९ रन जोडे भने हेनरिक क्लासेनले ३३ बलमा ५९ रन बनाए ।

चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए । जितसँगै हैदराबाद १३ अंकसहित तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसीबी)लाई ६ विकेटले पराजित गरेको छ । बैङ्गलुरुको एम। चिन्नास्वामी मैदानमा भएको खेलमा दिल्लीले एक बल बाँकी रहँदै १७६ रनको लक्ष्य पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १७९ रन बनाउँदै जित निकालेको हो । दिल्ली तालिकाको छैटौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आइतबार दुईवटा खेल हुँदैछन् ।पहिलो खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो पौने ४ बजे कोलकाता नाइट राइर्डस् र राजस्थान रोयल्स् खेल्नेछन् । यस्तै बेलुकी पौने ८ बजे चण्डीगढमा पञ्जाब किङ्स् र लखनउ सुपर जायन्टले खेल्नेछन् ।