काठमाण्डु – वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानदेखि सुरु भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडक राष्ट्रिय राजमार्गको मापदण्डअनुरूप दायाँ र बायाँ २५–२५ मिटर चौडा पार्ने काम आइतबार बिहानदेखि डोजर चलाएर सुरु गरेको हो ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो।
सडक डिभिजन कार्यालय हेटौँडाका नायब सुब्बा राजकुमार अर्यालका अनुसार सडक सीमाभित्र पर्ने घर, टहरा र अन्य अवैध संरचनाहरू हटाउन हेटौँडाबाट विशेष रूपमा डोजर, जेसीबी र एक्साभेटरहरू ल्याइएको छ।
आइतबार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा संरचना भत्काउने काम भइरहेको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै महानगरपालिकाको टोली र ठुलो सङ्ख्यामा सुरक्षा निकायलाई परिचालन गरिएको छ।















प्रतिक्रिया