रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

जिल्ला र निर्वाचन क्षेत्र सहितको सूचि भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने तयारी रहेको छ।

केन्द्रीय समिति बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । बैठकमा ९ एजेन्डामा छलफल हुने छ ।