इजरायल–लेबनान युद्धविराम तीन हप्ता लम्ब्याउने ट्रम्पको घोषणा

इजरायल–लेबनान युद्धविराम तीन हप्ता लम्ब्याउने ट्रम्पको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ हप्ताका लागि इजरायल र लेबननबिचको युद्धविराम बढाइएको घोषणा गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ताजा वार्तापछि युद्धविराम ३ हप्तासम्म लम्ब्याइने बताएका हुन्।

उनले बैठक धेरै राम्रो भएको बताउदै लेबनानलाई हिज्बुल्लाहबाट आफूलाई जोगाउन सहयोग गर्ने पनि उल्लेख गरेका छन् ।

गत साता वाशिङ्टनमा भएको बैठकपछि घोषणा गरिएको युद्धविराम आइतबार सकिने तय भएको थियो। यो युद्धविराम सात हप्ताभन्दा बढी समयदेखि जारी इजरायल र इरान समर्थित हिज्बुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गरिएको हो।

ओभल अफिसमा ट्रम्पले लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आगामी केही हप्तामा ह्वाइट हाउस भ्रमणमा आउने जानकारी दिएकाे बीबीसीले जनाएको छ ।

ओभल अफिसमै ट्रम्पसँगै रहेका लेबनानका राजदूत नादा हमादेह मोवाद र इजरायलका राजदूत येचियल लाइटरले वार्तामा ट्रम्पको भूमिकाको प्रशंसा गरेका छन् ।