काठमाण्डु- सरकारले सुकुमवासी बस्ती खाली गराउने उर्दी जारी गरेपछि थापाथलीमा स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि केही युवाहरु भेला भएर सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
उनीहरुले डोजर आतंक बन्द गर, निरंकुश सरकार चाहिँदैन, सुकुमवासी आवासको हक सुनश्चित गर, लगायतका नारा लगाइरहेका छन् ।
प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका थिए ।
यस्तैमा थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्। यससँगै सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।




प्रतिक्रिया