तोलामा २२ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा २२ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।