काठमाण्डु– पूर्वमन्त्री सुदन किरातीले सरकारलाई सुकुमबासी समस्या दृष्टिकोणले समाधान गर्न आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले सुकुमबासी समस्या डोजरले नभएर दृष्टिकोणले समाधान गर्न सरकारलाई आग्रह गरेका हुन्।
बस्तीमा डोजर चलाउन हतार नगर्न आग्रह गदैं उनले लेखेका छन् ‘सरकार ! सुकुमबासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस,’
सुकुमबासीमाथि डोजर चलाउन किन हतार ? भन्दै उनले प्रश्न गरेका छन् । उनले लेखेका छन् सुकुमबासीमाथि डोजर चलाउनु किन हतार ? संवाद, समय र वैकल्पिक व्यवस्था गर्ने वारे किन सोचिएन ? ’
उनले इतिहास नदोहोर्याउन पनि आग्रह गरेका छन् । ‘इतिहास फेरि नदोहोरीयोस् । गिरिजा सरकार ३६ सिटे र ७२ सिटे हुँदै मध्यावधी निर्वाचनको घोषणासँगै अस्थिरतामा गयो। प्रचण्ड सरकार कटुवाल काण्डबाट अल्झियो। झण्डै दुई तिहाइको ओली सरकार गुठी प्रकरणले जनविश्वास गुमायो । बालेन शाह नेतृत्वप्रति पनि प्रश्न उठिरहेको छ ।’ उनले लेखेका छन् ।
यस्तै उनले सुकुम्बासी समस्याको सरकारलाई समाधानका ७ बुँदे उपायहरु पनि सुझाएका छन् ।
१. वास्तविक सुकुम्बासी छुट्याउने (डाटारसर्वेक्षणमा आधारित)
२. पानी, बिजुली, शिक्षा सहित व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न सकिन्छ ।
३. किस्ताबन्दी मोडेलमा आवास सस्तोमा उपलब्ध गराउन सकिन्छ ।
४. सहकारीरल्यान्ड पूलिङ गरि सबैलाई समेट्ने साझेदारी मोडेल बनाउन सकिन्छ ।
५. रोजगारीको लागि सीप विकास गराई आम्दानीसँग जोडेर पुनर्स्थापना गर्न सकिन्छ ।
६. सम्वाद, सहमति र निश्चित समयसीमा सहित चरणबद्ध कार्यान्वयन गर्न सकिन्छ ।
७. बलियो सरकार संधै विवादमा किन पर्छ ?
उनले अन्तयमा यो देश आफूहरुको पनि रहेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया