काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य रविकिरण हमालले पार्टी परित्याग गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै हमालले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजको क्षेत्रमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गरिनुपर्ने बताए ।
‘लोकतन्त्र दिवसको यस पावन एवं ऐतिहासिक अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदबाट औपचारिक राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलगिएको घोषणा गर्दछु,’
हमालले भनेका छन् ।’
आफू परिवर्तनको स्पिरिटका आधारमा मुलुक सञ्चालन होस् भन्नेमा आफू निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने प्रतिबद्धता उनको छ ।




प्रतिक्रिया