विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग गर्ने सरकारको निर्णय

विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने ।’