काठमाण्डु– सरकारले काठमाण्डुको शंखमुलमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाएको छ ।
सरकारले दोस्रो चरणअन्तर्गत उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो ।
आजै बल्खु, माछापोखरीलगायत क्षेत्रका घरहरुपनि भत्काइएको छ ।
दोस्रोचरणमा आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।




प्रतिक्रिया