काठमाण्डु-रोल्पामा भएको जिप दुर्घटनाबारे गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउने भएको छ। दुर्घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालय ले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो। समितिलाई प्रतिवेदन तयार पार्न तीन दिनको समय दिइएकोमा सो अवधि आज सकिँदैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझाव कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। साथै, देशभर सडक सुरक्षासम्बन्धी नीतिगत तथा संरचनागत सुधार अघि बढाइने जनाइएको छ।
सरकारले सडक दुर्घटनालाई गम्भीर सामाजिक समस्याका रूपमा लिँदै प्राविधिक तथा मानवीय कमजोरी सुधार गर्न दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ। यसैबीच सरकारका प्रवक्ता हेमराज अर्यालले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।




प्रतिक्रिया