आईपीएल : गुजरात र कोलकाता विजयी, आज मुम्बई र लखनउ खेल्दै

आईपीएल : गुजरात र कोलकाता विजयी, आज मुम्बई र लखनउ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट्स राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ ।

योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १६६ रनको लक्ष्य कोलकाताले १० बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस जितेर ब्याटिङका लागि आएको हैदराबादले १९ ओभरमा सबै विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो ।

यस्तै गएराति नै भएको पहिलो खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । अहमदाबादमा भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९।५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

यो जितसँगै गुजरातले लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकामा १२ अंक पाएको छ । पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

आइपीएल क्रिकेटमा सोमबार मुम्बई इन्डियन्स् र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।