काठमाण्डु – मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाकाबारे सोमबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ ।
सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । यसै विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सरकारले चार वटा मन्त्रालय खारेज गर्ने र ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरेको छ । यस्तै केही मन्त्रालयलाई हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राखिनेछ । त्यससम्बन्धी खाका सोमबारको मन्त्रिपरिषद बैठकमा पेस हुने जनाइएको छ ।
मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल पनि बनाएको थियो । उक्त कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको हो ।




प्रतिक्रिया