काठमाण्डु- बाजुरा जिल्ला बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर ७३ वर्षीय नैना बुढाको मृत्यु भएको छ । बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा पशु चौपाया चराउन गएका बेलामा चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।




प्रतिक्रिया