नेप्से परिसूचक ०.९४ अंकले बढ्यो

नेप्से परिसूचक ०.९४ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर २ हजार ६३० दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक ० दशमलव १० अंकले घटेर १८२ दशमलव ११ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ० दशमलव २६ अंकले घटेर १६० दशमलव ६९ मा पुगेको छ ।

मंगलबार विभिन्न कम्पनीका १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ । 

उपसमूह १३ मध्ये ४ उपसमूह बढ्यो भने ९ उपसमूह घट्यो । मंगलबार १३५ कम्पनीको शेयर बढ्यो भने १३६ कम्पनीको शेयर घट्यो । त्यसैगरी ८ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार मंगलबार बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले गुमाएका छन् ।