सशस्त्र प्रहरीलाई थप उचाइमा पुर्‍याउँछु : नवनियुक्त महानिरीक्षक पौडेल

सशस्त्र प्रहरीलाई थप उचाइमा पुर्‍याउँछु : नवनियुक्त महानिरीक्षक पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्रको मनोबल बढाउँदै परिणाममुखी कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले संगठनलाई थप उचाइमा पुर्‍याउनका लागि समेत आफूले काम गर्ने उनले बताए।

उनले सरकारको सय बुँदे शासकीय सुधारको कार्ययोजना अनुसार सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यहरूलाई पुरा गर्न योजना तयार गर्दै अघि बढ्ने बताए।

संगठनको आधुनिकीकरण र समयसापेक्ष मार्गनिर्देशनका लागी सकारात्मक एवं रचनात्मक सहयोग हुने उनको विश्वास छ।

पौडेलले विभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न सूचना प्रविधिमा आधारित वैज्ञानिक, द्रुत परिचालनलाई ध्यान दिइने उल्लेख गरे।

त्यस्तै गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई प्रभावकारी रुपमा अघि बढाउन थप क्रियाशील हुने विश्वास व्यक्त गरे।