उद्योग महासङ्घ निर्वाचन : जिल्ला–नगर खुलातर्फ २२ जना विजयी

उद्योग महासङ्घ निर्वाचन : जिल्ला–नगर खुलातर्फ २२ जना विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

मंगलबार सम्पन्न ६०औँ वार्षिक साधारणसभासँगै भएको निर्वाचनअन्तर्गत जिल्ला–नगर खुलातर्फको नतिजा सार्वजनिक गरिएको हो।

यस समूहबाट अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।

यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन्। द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्।

महासङ्घमा कुल ७३ पदका लागि निर्वाचन भइरहेको छ, जसका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य पदहरूको मतगणना भने जारी छ।