कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा ३९ जना थपिए

कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा ३९ जना थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप गरिएको छ ।

पार्टीका उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको सदस्यमा नियुक्त हुनेमा मधु आचार्य (काभ्रेपलाञ्चोक), डा गोपाल दहित थारु (बर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्राडा गोविन्दराज पोखरेल (प्युठान), मीन भाम (मुगु), डा अञ्जनीकुमार झा (महोत्तरी), डा यादव पण्डित (प्रवास), बद्री सिग्देल (बर्दिया), गोपालप्रसाद पोखरेल (सुनसरी), श्रवण मुकारुङ (भोजपुर)लगायत छन्।