‘सरकारदेखि डरायो, प्रतिवेदन हरायो’ भन्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन (तस्बिरहरु)

‘सरकारदेखि डरायो, प्रतिवेदन हरायो’ भन्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि अभियान्ताहरूले धर्ना तथा प्रदर्शन गरेका हुन् ।

उनीहरुले मानव अधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो, मानव अधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ, सरकारसँग डरायो प्रतिवेदन हरायो लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीहरूले आन्दोलनका घटनाहरूको सत्यतथ्य छानबिन गरी तयार पारिएको भनिएको प्रतिवेदन लुकाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी