काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।
अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह ले बज्राचार्यलाई निमित्त उपकुलपति तोकेका हुन्।
यसअघि अध्यादेश जारी हुनुअघि नै तत्कालीन उपकुलपति प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए। उनीसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए।
पदाधिकारीविहीन बनेपछि विश्वविद्यालयको दैनिक प्रशासन सञ्चालनका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।
यसैबीच, त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ। समितिले आवेदन माग गरिसकेको र इच्छुक उम्मेदवारलाई १० दिनको समय दिइएको जनाएको छ।




प्रतिक्रिया