काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा बिहीबार भएको भेटमा सिस्लेनले विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताए । भेटमा उनीहरूबिच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो ।
विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए ।




प्रतिक्रिया