महावीर पुनले संसद् बैठकबाटै च्याट जिपीटीलाई के सोधे ?

महावीर पुनले संसद् बैठकबाटै च्याट जिपीटीलाई के सोधे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– स्वतन्त्र सांसद् महावीर पुनले आफू नक्कली उद्योगपति भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा पुनले आफू नक्कली उद्योगपति भएको बताए ।

पुनले वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्दै आएका छन् । ‘म उद्योगपति चाहिं होइन, उद्योगपति होइन, एउटा समाजसेवी हो । तर, म उद्योग चाहिं चलाइरहको छु । वीरगञ्जको कृषि औजार कारखाना । जो नेपाल सरकारकै उद्योग हो’, पुनले भने, ‘त्यसैले कारखाना चलाएपछि नक्कली उद्योगपति चाहिं भएको छु ।’


पुनले उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा लाग्दै आएको कर हटाउन सरकारसँग माग गरे । कच्चा पदार्थ आयातमा लगाइने करका कारण उत्पादित वस्तुको मूल्य महंगो हुने गरेको उनको भनाइ थियो ।

पुनले संसद् बैठकमै सहभागी भएका बेला आफूले विश्वका अन्य देशमा उद्योगका लागि चाहिने कच्चा पदार्थ आयातमा भन्सार लाग्छ कि लाग्दैन भनेर ‘च्याट जिपीटी’ लाई सोधेको बताए । च्याट जिपीटीले नलाग्ने जवाफ फर्काएको जानकारी दिए ।

‘संसदबाटै मैले अघि भर्खर च्याट जिपीटीलाइ सोधेको, संसारको कुनै पनि देशले कुनै पनि उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात गर्दाखेरि कर लगाउँछन् कि लगाउँदैनन् भनेर सोधेको’, उनले भने, ‘लगाउँदै लगाउँदैनन् रे ।’


तर, नेपालमा उद्योगहरुलाई चाहिने कच्चा पदार्थमा कर लगाउने व्यवस्था रहेकाले हटाउन माग गरे । आफू स्वयंले वीरगञ्ज औजार कारखानालाई चाहिने कच्चा पदार्थ आयातमा कर तिर्ने गरेको र जसका कारण सामान महंगो पर्ने गरेको उल्लेख गरे ।