आज नेप्से परिसूचक १.०३ अंकले घट्यो

आज नेप्से परिसूचक १.०३ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेको छ । गत शुत्रबार करिब साढे अंकले सकारात्मक अवस्थामा बन्द भएको नेप्से सोमबार करिब १ अंकले मात्र ऋणात्मक बनेर बन्द भएको हो ।

कारोबारमा आएकामध्ये ११९ कम्पनीको सेयर मूल्य बढ्यो भने १३२ कम्पनीको मूल्य घट्यो । तर, १२ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

सोमबार कुल ४३ हजार ३ सय ९ पटकको कारोबारमा ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत शुक्रबार ३ अर्ब ९ करोड ७९लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बिमा र व्यापारको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपनि समग्र नेप्से एक अंकले मात्र ऋणात्मक बनेको हो ।