तालमा डुबेर बालिकाको मृत्यु

तालमा डुबेर बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिवेणी – नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर १ जना बालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो गैँडाकोट–१ नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएकी थिइन् ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पानीको दहबाट मृत अवस्थामा सजिनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।